यु–१९ क्रिकेट: नेपालले पहिला बलिङ गर्ने
काठमाडाैं | मंसिर १८, २०८१
काठमाडौं: युएईमा जारी यु–१९ एसिया कप क्रिकेटमा प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले टस हारेको छ ।
दुबईको सारजाह क्रिकेट रङ्गशालामा भएको टसमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ रोजेको छ । यससँगै नेपालले पहिला बलिङ गर्नेछ ।
प्रतियोगिताबाट बहिरिसकेका दुवै टोली पहिलो जितको खोजीमा छन् । नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।
अफगानिस्तान पहिलो खेलमा बङ्गलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलङ्कासँग १३१ रनले पराजित भएको थियो ।
एसिसीको आयोजनामा जारी प्रतियोगितामा एसियाका आठ देश सहभागी छन् ।
प्रतियोगितामा एसियाका पाँच टेस्ट राष्ट्र स्वत छनोट भएका थिए । नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष तीनमा रहेर छनोट भएका थिए ।
समूह ‘बी’ मा नेपाल, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।
समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार ...
पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...
पोखरा । स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ । परम्परागत रूपमा सञ्चा...

